instainsta

५०० किलोमिटरसम्म रेन्ज दिने लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ नेपालमा सार्वजनिक, पर्छ कति मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २१ गते
५०० किलोमिटरसम्म रेन्ज दिने लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ नेपालमा सार्वजनिक, पर्छ कति मूल्य ?
AdvertisementAds

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा अटो एक्स्पो २०२५’ मा लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘बी१०’ सार्वजनिक गरेको छ।

लिपमोटरको अत्याधुनिक ईभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण गरिएको यो गाडीमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (ADAS) जडान गरिएको छ। साथै, स्मार्ट पार्किङसहितका १६ वटा इन्टेलिजेन्ट फङ्सन उपलब्ध छन्।

प्रयोगकर्ताको अनुभवलाई ध्यानमा राख्दै, गाडीमा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डि-आकारको स्टेयरिङ ह्वील जडान गरिएको कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा १६० किलोवाट क्षमताको रियर माउन्टेड मोटरसहित उपलब्ध यो गाडीले एकपटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने क्षमता राख्दछ।

बी१० दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स