instainsta

बफिया र धितोपत्र सम्बन्धी विधेयक छिटो पारित गरौं: अर्थमन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
बफिया र धितोपत्र सम्बन्धी विधेयक छिटो पारित गरौं: अर्थमन्त्री
AdvertisementAds

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिमा रहेका भन्सार, बफिया (बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक) र धितोपत्र सम्बन्धी विधेयकमाथिको छलफल चैत मसान्तभित्रै सक्न आग्रह गरेका छन्।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले भन्सार विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक, र धितोपत्र विधेयकलाई छिटो टुङ्ग्याएर प्रतिनिधि सभामा पेस गर्न आवश्यक रहेको बताए।

सरकारले विधेयकहरू बनाउन ढिलाइ गरिरहेको भन्ने गुनासोलाई सम्बोधन गर्दै उनले समितिले ती विधेयकहरूको छलफललाई तीव्रता दिनुपर्नेमा जोड दिए। आम नागरिकका गुनासो सम्बोधन गर्नका लागि पनि विधेयकहरूलाई शीघ्र निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले भन्सारलाई व्यवस्थित र सहज बनाउन भन्सार विधेयक आवश्यक रहेको औंल्याउँदै समितिमा रहेका विधेयकमाथि दफावार छलफल अघि बढाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स