इम्पेरमेन्ट चार्ज घट्दा लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशतले बढ्यो

इम्पेरमेन्ट चार्ज घट्दा लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशतले बढ्यो
Advertisement Ads

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब १० करोडमा सिमित भएको छ भने बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशतले घटेर १४ अर्ब ४७ करोडमा सिमित भएको छ।

बैंकको सञ्चालन मुनाफा ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड रूपैयाँ पुगेको छ। इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।बैंकको खराब कर्जा अनुपात ०.३८ प्रतिशतविन्दुले घटेर ४.२५ प्रतिशतमा आएको छ।

बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता १२.३४ प्रतिशत रहेको छ।

Advertisement Ads

समीक्षा अवधिमा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

LSL https://bajarkochirfar.com/laxmi-sunrise-banks-profit-increases-by-41-percent-as-impairment-charges-decrease | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स