पक्राउ परेका १३ औँ दिनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई जिम्मा जमानीमा छाडिएको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ भने लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा दिइएको छ। दुवैलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी जिम्मा जमानीमा छाडिएको हो।
ओलीलाई भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि चैत १४ मा पक्राउ गरिएको थियो। हिरासत मुक्त भए पनि अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय चिकित्सकहरूले गर्नेछन्।
त्यस्तै, लेखकलाई पनि चैत १४ देखि नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएको थियो। मन्त्रिपरिषद्ले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उनी भक्तपुरबाट पक्राउ परेका थिए।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया