SHAREHUBSHAREHUB

भुटानका राजा-रानी आज नेपाल आउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २१ गते
AdvertisementAds
भुटानका राजा-रानी आज नेपाल आउँदै
AdvertisementAds

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुक आज (शुक्रबार) भारत भ्रमण सकेर फर्किने क्रममा करिब पाँच घण्टा नेपालमा रहने भएका छन्। उनीहरूले काठमाडौंमा रहेको स्वयम्भू महाचैत्य र बौद्धनाथ स्तूपको दर्शन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजा र रानी बिहान करिब १० बजे काठमाडौं ओर्लिने र अनौपचारिक रूपमा धार्मिक स्थलहरूको भ्रमण गर्ने बताइएको छ। यस भ्रमणका क्रममा कुनै औपचारिक कार्यक्रम वा भेटघाट भने हुने छैन।

परराष्ट्र स्रोतका अनुसार, उनीहरूको नेपाल भ्रमणको सुरक्षा व्यवस्था तयार भइसकेको छ। धार्मिक स्थलहरूको दर्शनपछि अपराह्न उनीहरू स्वदेश फर्किने छन्।

राजा र रानी बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा थिए। भारत भ्रमणकै क्रममा धार्मिक स्थलहरूको दर्शन गर्ने चाहनाले छोटो समय नेपालमा रहने योजना बनाइएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स