नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न उपत्यकाबाहिरबाट आएका दर्शकहरूले टिकट व्यवस्थापनमा कमजोरी भएको गुनासो गरेका छन्। फाईनल खेल हेर्न उपत्यका बाहिर बाट आएका खेलप्रेमी अहिले टिकट नपाएर खेल नहेरी फर्किनु परेको छ।
हिजो बेलुका फाइनल खेलको टिकट बिक्री खुला गरिएको केही समयमानै सबै टिकट बिक्री भएको भनिएपनि प्रयोगकर्ताहरूले खल्ती एपमार्फत टिकट किन्न नसकेको बताएका छन। पोखराबाट फाइनल हेर्न आएका प्रदीप पौडेलले टिकट बिक्री सुरु हुनेबित्तिकै खल्ती एप नै नखुल्ने समस्या देखियको थियो। पछि एप खुल्न थालेपछि भने सबै टिकट बिक्री भइसकेको देखिएको बताएँ ।
पौडेल अहिले टिकट नपाएर निराश छन्। उनले फेसबुक ग्रुपमा कालोबजारी भइरहेको भन्दै गुनासो व्यक्त गरे। “खेलप्रेमी भएर पनि फाइनल हेर्न पाइनँ। यो त भावना जोडिएको कुरा हो। खेल हेर्न आएको मान्छेलाई टिकट छैन, कसैलाई पैसा कमाउने मौका भयो। व्यवस्थापन यसमा चुकेको छ।” पौडेलले भने। यस्तै, सुर्खेतबाट फाइनल हेर्न आएका निशान साउदले पनि टिकट व्यवस्थापन र कालोबजारीप्रति असन्तोष व्यक्त गरे। खेलप्रेमीहरूको भावना र अपेक्षालाई व्यवस्थापनले सम्बोधन गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।




















प्रतिकृया