अफोर्डेबल प्राइजमा ‘केई एक्स-थ्री प्रो’ ईभी नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?



Advertisement
Ads

केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक, लक्ष्मी ई-मोबिलिटी, ले हालै ‘केई एक्स-थ्री प्रो’ ईभी नेपाली बजारमा उपलब्ध गराएको छ। यो कम्प्याक्ट एसयूभी सेगमेन्टमा सबैभन्दा अफोर्डेबल गाडीको रुपमा प्रस्तुत गरिएको छ।


Advertisement

यस ईभीमा ९९ किलोवाट मोटर पावर क्षमता र ५३.६ किलोवाट आवर लिथियम आयरन फस्फेट ब्याट्री समावेश गरिएको छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ। सिङ्गल चार्जमा ३७० किलोमिटरको दूरी (डब्लूएलटीपी) तय गर्न सकिन्छ। ७ किलोवाटको एसी चार्जरको मद्दतले घरमै ८ घण्टामा गाडीलाई पूर्ण रूपमा चार्ज गर्न सकिन्छ, जबकि डीसी फास्ट चार्जिङले ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्षम बनाउँछ।


Advertisement

केई एक्स-थ्री प्रो ईभीको लम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ। यसको ह्विलबेस २६३२ एमएम रहेको छ, जसले गाडीको इन्टेरियर स्पेसलाई पर्याप्त बनाएको छ। गाडीको सस्पेन्सन प्रणाली म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन (फ्रन्ट) र मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन (रियर) राखिएको छ। यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ।

केई एक्स-थ्री प्रो ईभी पाँच रंग विकल्पमा उपलब्ध हुनेछ। सीमित अवधिका लागि यस गाडीको मूल्य ४३ लाख ९६ हजार रुपैयाँ राखिएको छ।

केई नेपालका शोरुमहरू भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडका नौ स्थानमा सञ्चालनमा छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर