काठमाडौँ महानगरले नगरबासीलाई डिजिटल साक्षरता प्रशिक्षण दिने



Advertisement
Ads

काठमाडौँ महानगरपालिकाले नगरबासीलाई डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको छ। महानगर सूचना प्रविधि समितिले विद्युतीय सेवा उपयोग गर्न सक्षम बनाउन र इन्टरनेटजन्य जोखिमबाट बचाउन यस्तो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।

समितिका संयोजक एवं प्रवक्ता नविन मानन्धरको अध्यक्षतामा बसेको बैठकले प्रविधिको सही प्रयोग र सुरक्षा सुनिश्चित गर्न प्रशिक्षण आवश्यक ठहर गरेको छ।सुरुवातमा वडा नम्बर १७, १८, १९ र २९ मा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी क्रमशः अन्य वडामा विस्तार गरिने जानकारी समितिले दिएको छ।

प्रशिक्षणमा आधारभूतदेखि विशिष्ट तहसम्मका विषय समावेश गरिनेछ। यसमा मोबाइल प्रविधि, एप्लिकेसनको जोखिम व्यवस्थापन, डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयता र साइबर सुरक्षा, बलियो पासवर्ड बनाउने तरिका, ओटीपी प्रयोग, भाइरस र शंकास्पद लिङ्कबाट सुरक्षा, सामाजिक सञ्जालमा सुरक्षित व्यवहार, डिजिटल फुटप्रिन्ट, भ्रामक समाचार पहिचान गर्ने तरिका, कम्प्युटर संचालन, फाइल व्यवस्थापन, इन्टरनेट ब्राउजिङ, सर्च इञ्जिन प्रयोग, इमेल सञ्चार, भिडियो कन्फरेन्सिङ् र कार्यालय सफ्टवेयरको प्रयोग जस्ता विषय समावेश हुनेछन्।महानगरपालिकाले नागरिकलाई यी सबै विषयबारे बुझ्न सक्ने बनाउँदै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर