काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति दिँदै, यसरी दिन सकिन्छ आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति दिँदै, यसरी दिन सकिन्छ आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक सत्र २०८३/०८४ को छात्रवृत्ति परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। महानगरको शिक्षा विभागका अनुसार काठमाडौं महानगरपालिका अन्तर्गत रहेका संस्थागत विद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिनेछ। यसका लागि विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट काठमाडौं महानगरपालिका वा Entrance Portal मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

सूचनाअनुसार अनलाइन आवेदन फाराम भर्ने प्रक्रिया २०८३ जेठ १ गते बिहान १० बजेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११:५९ बजेसम्म तोकिएको छ। छात्रवृत्ति परीक्षा भने जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने महानगरले जनाएको छ। साथै विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको उल्लेख गरिएको छ।

class 11 scholarship applications notice 1778637001924 https://bajarkochirfar.com/kathmandu-metropolitan-city-is-providing-scholarships-for-students-studying-in-grades-11-and-12-heres-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स