काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ मा छात्रवृत्तिको लागि अनलाइन आवेदन खुल्ला

May 13, 2026

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूबाट अनलाइन आवेदन आह्वान गरेको छ। यस छात्रवृत्ति प्रक्रिया अन्तर्गत छनोट हुन विद्यार्थीहरूले तोकिएको परीक्षा प्रणालीमा सहभागी हुनुपर्नेछ। आवेदन फाराम महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत भर्न सकिनेछ।

अनलाइन आवेदन २०८३ जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ सम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि परीक्षा २०८३ जेठ १७ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स