काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत महानगर क्षेत्रभित्रका विभिन्न स्थानका जग्गाहरूको मूल्यांकन सार्वजनिक गरेको छ। मूल्यांकन अनुसार महानगरभित्रको जग्गाको मूल्य न्यूनतम प्रतिआना ४ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।
सबैभन्दा महँगो मूल्यांकन (५० लाख प्रतिआना) भएका स्थानहरूमा नयाँसडक, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, धरहरा, ठमेल, असन, भोटाहिटी, जमल, तीनधारा, काठमाडौं प्लाजा, माइतीघर, सिंहदरबार पश्चिम गेट, दरबारमार्ग, कमलादी, रत्नपार्क, सुन्धारा, भद्रकाली, त्रिपुरेश्वर लगायतका क्षेत्रका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू रहेका छन्।
हनुमानढोका, पुरानो महानगरपालिका भवन, जुद्धशमशेर सालिक, आरबी कम्प्लेक्स चोक, केशरमहल, क्षेत्रपाटी, जिल्ला प्रहरी कार्यालय, सुरज आर्केड, राष्ट्रिय नाचघर, विश्वज्योति हल, तीनधारा पाठशाला, जयनेपाल हल, कान्तिपथ, रानीपोखरी, वीर अस्पताल, वायुसेवा निगम, गोश्वरा हुलाक, सहिदगेटजस्ता स्थानका जग्गाहरू पनि अधिकतम मूल्यमा मूल्यांकन गरिएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया