कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबिबिएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को बाँडफाँड आज सम्पन्न भएको छ। बाँडफाँड बैंकको निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा गरिएको हो।
बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गरेकोमा लगानीकर्ताहरूबाट उत्साहजनक सहभागिता भएको छ। आवेदन रकम निष्काशन रकमको १.९ गुणाभन्दा बढी पुगेको बैंकले जनाएको छ। यस प्रकारको उत्साहजनक सहभागिताले नेपाली पुँजी बजार र वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र आकर्षण देखाएको बैंकको ठहर छ।
यो सेयर परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताका लागि माघ १२ देखि १५ गतेसम्म बिक्री खुला गरिएको थियो। वार्षिक ९ प्रतिशत लाभांश दर भएको अविमोच्य तथा असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूद्वारा पहिलो पटक जारी गरिएको हो।




















प्रतिकृया