कालिञ्चोक दर्शनले आफ्नो ११औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले आउँदो पुस १५ गते काठमाडौंको पिंगलास्थानस्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्तावित कुल ५.०२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश समावेश छ।
सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साथै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अधिकार प्रदान गर्ने प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।
कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार पुस १ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



















प्रतिकृया