स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग भेटवार्ता गरेको छ। भेटका क्रममा एसोसिएसनले अध्यक्ष भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो।
भेटमा अध्यक्ष डा. भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए। उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले निर्धारण गरेका प्राथमिकताअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल अघि बढाइने बताए।
उनले पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने उल्लेख गरे। साथै, बजारमा पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण र आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने दिशामा सेबोन सक्रिय रहने विश्वास व्यक्त गरे।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले डा. भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले निरन्तर रचनात्मक सुझाव, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए।
भेटवार्ताका क्रममा सरकारले बजेटमार्फत घोषणा गरेका पुँजी बजारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको थियो।
एसोसिएसनले डा. भट्टको नेतृत्वमा नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने तथा मुलुकको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया