कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ९.७१ प्रतिशतले बढेर ९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेको कारण नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.२५ प्रतिशतले बढेर १९ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी १४ लाख ३१ हजार रुपैयाँ भएको छ। कम्पनीको प्रशासनिक खर्च ८६ लाख ६७ हजार रुपैयाँ र वित्त खर्च ९६ लाख ४७ हजार रुपैयाँ रहेको छ।
कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने कुल चालु सम्पत्ति ११ करोड ९१ लाख रुपैयाँ र कुल चालु दायित्व ८२ लाख ५० हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८ पैसा, प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१ रुपैयाँ ३७ पैसा, तरलता अनुपात १४.४४ प्रतिशत र मूल्य आम्दानी अनुपात ५३.८१ गुणा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।















प्रतिकृया