कालिका लघुवित्तको नाफा १३५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो ?



Advertisement
Ads

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


Advertisement

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.१० प्रतिशतले बढेर १७ करोड पुगेको छ भने कुल सञ्चालन आम्दानी ४२.७३ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १३४.४७ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६३ लाख रुपैयाँ रहेको छ। ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको २६ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ ।


Advertisement

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ११ रुपैयाँ ४ पैसा बढेर २० रुपैयाँ ६८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २४ पैसा रहेको छ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर