कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफादेखि आफ्ना कम्पनीका सेयरधनीहरुमा वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफादेखि सेयरधनीहरुलाइ हाल कायम चुक्तापुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कालिका लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।





















प्रतिकृया