विश्वस्तरीय टायल्सलार्ई आम उपभोक्ताको पहुँचमा ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ ।
यस शोरूमको उद्घाटन हिजो २०८३ वैशाख ३१ गते, दिउँसो १ः०० बजे सम्पन्न भयो । यस भव्य उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइटेलको उपस्थिति रहेको थियो ।
साथै, कार्यक्रमका प्रमुख अतिथिहरू तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति थियो । हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीसँगै उहाँहरूले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनहरू प्रदर्शन गरे ।
यो नयाँ शोरुम ग्राहकहरूलाई आफ्नो घरको भित्री सजावटबारे स्पष्ट सोच बनाउन मद्दत गर्ने गरी तयार पारिएको छ । यहाँ आएर ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा छामेर वा हेरेर आफ्नो आवश्यकता अनुसारको छनोट गर्न सक्नेछन् ।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, ‘हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एक महत्वपूर्ण हिस्सा हो । तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै उहाँहरूको घर निर्माण वा सजावटको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौं ।’
यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । जरंखु र आसपासका क्षेत्रका बासिन्दाहरूलाई टायल डिजाइनको नवीनतम अनुभव लिन शोरुम भ्रमण गर्न कम्पनीले आमन्त्रण गरेको छ ।



















प्रतिकृया