जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोलि साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ। कम्पनीले हाल कायम रहेका सेयरधनीहरूलाई १:०.६५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि असार ८ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार असार ७ गतेसम्म कायम सेयरधनीहरू मात्रै आवेदन दिन सक्नेछन। हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद भदौ ४ गतेसम्म तोकिएको छ।हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा एलएस क्यापिटल लिमिटेडले रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।




















प्रतिकृया