हकप्रद सेयर निष्काशनको लागि जोशी हाइड्रोपावरले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

हकप्रद सेयर निष्काशनको लागि जोशी हाइड्रोपावरले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आज (जेठ २६) गते अनुमति पाएको हो।

बोर्डबाट प्राप्त स्वीकृति अनुसार, कम्पनीले हालको चुक्तापुँजीको ६५ प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्न पाउने भएको छ। यो अनुपात १:०.६५ को हुनेछ, अर्थात् एक कित्ता सेयर भएका सेयरधनीले ०.६५ कित्ता हकप्रद सेयर आवेदन दिन सक्नेछन्।

यस अनुसार, कम्पनीले कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ हुनेछ।

उक्त हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहनेछ।

Screenshot 2025 06 09 171435 https://bajarkochirfar.com/joshi-hydropower-has-received-permission-to-issue-rights-shares-what-percentage-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स