नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक भायानेटले विभिन्न पदका लागि १२ जना कर्मचारी माग गरेको छ। कम्पनीले पानीपोखरी, धनगढी, भक्तपुर, चितवन, रुपन्देही, ललितपुर, पोखरा र बुटवलस्थित कार्यालयहरूका लागि दरखास्त आह्वान गरेको हो।
एससेट रिकभरी एक्ज्युकेटिभ पदमा चार जनाका लागि आवेदन खुला गरिएको छ, जसमा पानीपोखरीका लागि तीन जना र धनगढीका लागि एक जना समावेश छन्। इच्छुक उम्मेदवारले कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुका साथै ६ महिनाको अनुभव आवश्यक छ। हेल्प डेस्क एक्ज्युकेटिभ पदमा पानीपोखरी र भक्तपुरका लागि १/१ जनाको माग गरिएको छ, जसका लागि व्यवस्थापन वा कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययनरत हुनुपर्नेछ।
एरिया सेल्स रिप्रेजेन्टेटिभ पदमा चितवनमा दुई जना, सैनामैना (रुपन्देही), ललितपुर र पोखरामा १/१ जनाको माग गरिएको छ। यस पदका लागि एसएलसी वा कक्षा १२ उत्तीर्ण हुनु आवश्यक छ।
सेल्स कोअर्डिनेटर पदका लागि ललितपुर कार्यालयमा एक जना कर्मचारी आवश्यक छ। व्यवसाय प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातक उत्तीर्ण गरी इन्टरनेट क्षेत्रमा एक वर्षको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
आईबी सेल्स एक्ज्युकेटिभ पदमा बुटवल कार्यालयका लागि एक जना कर्मचारी आवश्यक छ, जसका लागि व्यवस्थापनमा स्नातक उत्तीर्ण र सम्बन्धित क्षेत्रमा एक वर्षभन्दा बढी अनुभव भएको हुनुपर्छ। इच्छुक उम्मेदवारले आगामी चैत ६ गतेभित्र आवेदन दिनुपर्नेछ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया