insta insta

ग्लोबल आइएमई लघुवित्तमा जागिर खुल्यो

ग्लोबल आइएमई लघुवित्तमा जागिर खुल्यो
Advertisement Ads

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुख/सहायक (सूचना प्रविधि), विभागीय प्रमुख/सहायक (व्यवस्थापन/तालिम), प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी आवश्यक भएको जनाएको छ।

इच्छुक उम्मेदवारहरूले तोकिएको योग्यता पूरा गरेको प्रमाणित गर्दै कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदनमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र लगायत आवश्यक कागजातहरूको प्रतिलिपि समावेश गर्नुपर्नेछ

कम्पनीले आवेदन प्रक्रियामा लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मध्ये कुनै वा सबै चरण लिन सक्ने जनाएको छ भने सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने पनि जानकारी दिइएको छ।

job global ime laghubitta https://bajarkochirfar.com/job-opening-at-global-ime-laghubitta | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स