insta insta

झापा प्रहरीले भन्यो, ‘गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको भन्ने समाचार गलत’

झापा प्रहरीले भन्यो, ‘गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको भन्ने समाचार गलत’
Advertisement Ads

जिल्ला प्रहरी कार्यालय झापाले गृहमन्त्री सुधन गुरुङको झापाको काँकडभिट्टा नाकास्थित निरीक्षणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षाकर्मीहरूको मोबाइल नियन्त्रणमा लिएको भन्ने समाचार असत्य भएको जनाएको छ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सुरक्षाकर्मीहरू तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूलाई निगरानीमा राखिएको र मोबाइलसमेत नियन्त्रणमा लिइएको भन्ने समाचार सार्वजनिक भएका थिए।

तर जिल्ला प्रहरी कार्यालय झापाले ती समाचार भ्रामक, कपोलकल्पित र निराधार रहेको स्पष्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीले निरीक्षणका क्रममा सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको तथा उनीहरूलाई निगरानीमा राखिएको भन्ने समाचारमा कुनै सत्यता छैन ।’

प्रहरीले पुष्टि नभएका तथा आधारहीन सूचनाको प्रकाशन वा प्रसारण नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

notice https://bajarkochirfar.com/jhapa-police-says-news-that-home-minister-gurung-took-control-of-security-personnels-mobile-phone-is-false | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स