सर्वसाधारणका लागि झापा इनर्जीको आइपीओ भोलिदेखि खुल्दै, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १९ गते
सर्वसाधारणका लागि झापा इनर्जीको आइपीओ भोलिदेखि खुल्दै, कहिलेसम्म भर्न पाइने ?

झापा इनर्जी लिमिटेडले भोलि (भदौ २०) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएर, सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गर्न लागिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन भदौ २४ गतेसम्म खुला हुनेछ भने आवेदक कम भए असोज ३ गतेसम्म लम्बिन सक्नेछ।

आईपीओका लागि इक्रा नेपालले कम्पनीलाई “सिंगल बी माइनस” रेटिङ् प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्दछ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स