instainsta

नेपालमा आज साँझदेखि पानी पर्ने

नेपालमा आज साँझदेखि पानी पर्ने
AdvertisementAds

जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझदेखि नयाँ पानी पार्ने प्रणाली नेपालमा भित्रने जानकारी दिएको छ। विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार साँझबाट नेपालका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ।

यस प्रणालीका कारण, शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने, जबकि सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा हुने देखिन्छ।

यो प्रणालीको असरले तापक्रम घट्न र चिसो बढ्न सक्ने सम्भावना रहेको छ। वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातमा असर पर्न सक्ने भएकाले विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई सतर्कता र पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स