सेयर लगानीकर्ताहरूले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर पूँजीबजार सुधारका लागि ५ बुँदे सुझाव पेश गरेका छन्। उनीहरूले वर्तमान संरचनागत कमजोरीका कारण सेयरबजार दिगो विकास गर्न नसकेको भन्दै तत्काल र दीर्घकालीन सुधार आवश्यक रहेको बताए।
लगानीकर्ताहरूले पूँजीबजारलाई विकसित र विश्वासिलो बनाउन दीर्घकालीन दृष्टिकोणसहित सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। प्रस्तुत सुझाव र मागहरू यसप्रकार छन्:
१. नियामक निकायमा सक्षम नेतृत्व
धितोपत्र बोर्ड, बीमा प्राधिकरण र स्टक एक्सचेन्जलगायत निकायमा विवादरहित र सक्षम नेतृत्व नियुक्त गर्नुपर्ने। विचौलियाको प्रभाव देखिने व्यक्तिहरूलाई हटाएर योग्यता र विश्वास कमाउने नेतृत्व ल्याउन माग।
२. कार्यपद्धतिमा सुधार
धितोपत्र बोर्डमा मरिष्ठलाई पन्छाएर कनिष्ठलाई सर्वेसर्वा बनाउने कार्य तत्काल अन्त्य गर्नुपर्ने। वरिष्ठ असक्षम भए हटाई सक्षम व्यक्तिहरू नियुक्त गर्नुपर्ने। साथै धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सिडिएसमा आवधिक सरुवा प्रणाली लागू गरी चुस्त कार्यशैली सुनिश्चित गर्नुपर्ने।
३. सुधार कार्यदल गठन
अर्थ, कानुन, राष्ट्र बैंक, योजना आयोग, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सिडिएस, बीमा प्राधिकरण, उद्योग वाणिज्य महासंघ, लगानीकर्ता संघ, स्टक ब्रोकर्स संघ, मर्चेन्ट बैंकर्स संघ, आइक्यानलगायत सबै सरोकारवालालाई समेटेर पूँजीबजार सुधार कार्यदल गठन गर्नुपर्ने।
४. क्याप हटाउने
पूँजीबजारमा विगतदेखि लागू हुँदै आएका विभिन्न क्याप तत्काल हटाउनुपर्ने।
५. लगानीकर्तालाई सम्बोधन
वर्तमान अनिश्चित अवस्थालाई शान्त पार्न अर्थमन्त्रीले संचारमाध्यममार्फत लगानीकर्तालाई प्रत्यक्ष सम्बोधन गर्नुपर्ने।








![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)





![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)

![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया