विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ९७ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार शुक्रबार (चैत २२ गते) बिहान १० बजेसम्म ८ लाख १५ हजार ८३८ जना आवेदकले ९७ लाख ९७ हजार २३० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा १९१ गुणा बढी हो ।
कम्पनीले चैत २१ गतेदेखि सर्वसाधारणका लागि ५१ हजार २९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो, जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । एफपीओको निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। उच्च आवेदन परेकाले सेयर बाँडफाँट गर्दा १०-१० कित्ता सेयर जम्मा ५ हजार १२९ जनाले मात्र प्राप्त गर्नेछन् भने ८ लाखभन्दा बढी आवेदकले सेयर पाउने छैनन्। जस अनुसार, प्रत्येक १०० जनामध्ये १ जनाले पनि १० कित्ता सेयर प्राप्त गर्न सक्ने सम्भावना कम छ।
आवेदन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत दिन सकिन्छ । केयर रेटिङ नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई “केयर एनपी सिंगल बी इश्युअर रेटिङ” प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। हाल नेप्सेमा उक्त कम्पनीको सेयर २७८० रुपैयाँमा कारोबार भइरहेको छ ।







![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)


![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)



प्रतिकृया