सान्भि इनर्जीको आइपीओमा लगानीकर्ताको ओइरो, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
सान्भि इनर्जीको आइपीओमा लगानीकर्ताको ओइरो, अहिलेसम्म कति पर्यो आवेदन ?

सान्भि इनर्जी लिमिटेडको आइपीओमा अहिलेसम्म १ करोड ६३ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारण लागि शुक्रबार जेठ ९ गतेदेखि आइपीओ निष्काशन गरेको हो। सीडीएससीका अनुसार आज आइतबार बेलुका ५ बजेसम्म आइपीओमा १३ लाख १० हजार ५६४ आवेदकहरूले १ करोड ६३ लाख ९ हजार ९८० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग ६.७५ गुणा बढी रहेको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १२४ लाख १५ हजार ३०० कित्ता निष्काशन गरेको हो। सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।। आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स