insta insta

आईपीओ सूचीकरण भएकै दिन सबै सेयर कारोबार योग्य बनाउन धितोपत्र बोर्डलाई लगानीकर्ता पौडेलको सुझाव

आईपीओ सूचीकरण भएकै दिन सबै सेयर कारोबार योग्य बनाउन धितोपत्र बोर्डलाई लगानीकर्ता पौडेलको सुझाव
Advertisement Ads

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग गरिरहँदा सेयरबजार जानकार तथा  लगानीकर्ता अम्बिका प्रसाद पौडेलले धितोपत्र बजार सुधारका लागि सूचीकरण भएको दिनमै सेयर खरिद–बिक्री योग्य बनाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

बोर्डले बुधबार सूचना जारी गर्दै सर्वसाधारण तथा सरोकारवालासँग आगामी जेठ १५ गतेसम्म सुझाव पठाउन आह्वान गरेको छ। प्रत्येक वर्षजस्तै धितोपत्र तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि नीति तथा कार्यक्रम तयार गर्ने क्रममा बोर्डले सुझाव संकलन गरिरहेको हो।

यसै सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले हालको आईपीओ सम्बन्धी अभ्यासमै सुधार गर्न सके बजारका धेरै समस्या समाधान हुने बताएका छन्।

पौडेलले बैंकले रोक्का गरेका वा सञ्चालकको कारणले रोक्का गर्नुपर्ने बाहेकका सेयरहरू सूचीकरण भएकै दिनदेखि खरिद–बिक्री गर्न मिल्ने व्यवस्था गर्न सके अहिले देखिएका जटिलतामध्ये आधा समस्या समाधान हुन सक्ने उल्लेख गरेका छन्।

पौडेलले आईपीओ निष्कासनसँग सम्बन्धित सफ्टवेयर र त्यसको कार्यविधि (एसओपी) मा सुधार आवश्यक रहेको पनि औंल्याएका छन्।

“Bank ले रोकेको अनि संचालक भएको कारणले रोक्का गर्नु पर्ने बाहेकको IPO को शेयर सुचिकृत हुँदा कै दिन खरिद बिक्रि योग्य बनाउ अहिलेको आधा समस्या समाधान हुन्छ भने धेरै समस्याको समाधान IPO निस्कासन Software र सो को SOP हो भन्ने लाग्छ ।” उनले लेखेका छन।

679696779 985062307297848 4143920618465670742 n https://bajarkochirfar.com/investor-poudel-suggests-to-the-securities-and-exchange-board-of-nepal-to-make-all-shares-tradable-on-the-same-day-of-ipo-listing | %tags

sebon https://bajarkochirfar.com/investor-poudel-suggests-to-the-securities-and-exchange-board-of-nepal-to-make-all-shares-tradable-on-the-same-day-of-ipo-listing | %tags
यो पनि पढ्नुहोस

पूँजी बजार सुधारका लागि लगानीकर्ताहरुसँग सेबोनले माग्यो सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स