बीमा प्राधिकरणले लगायो ब्रेक: गार्डियनको विशेष साधारण सभा स्थगित

बीमा प्राधिकरणले लगायो ब्रेक: गार्डियनको विशेष साधारण सभा स्थगित
Advertisement Ads

हालै १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने घोषणा गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा स्थगित गरेको छ। कम्पनीले आगामी वैशाख ५ गतेका लागि बोलाएको विशेष साधारण सभा नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार स्थगित गरिएको हो।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको वैशाख २ गतेको पत्रको आधारमा सभा स्थगन गर्ने निर्णय गरेको हो। सभा स्थगन भएको जानकारी नेपाल स्टक एक्सचेन्ज, बीमा प्राधिकरण, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र सेयर रजिष्ट्रार एनआइएमबी एस क्यापिटललाई समेत दिइएको छ।

यसअघि कम्पनीले चैत १८ गतेको सञ्चालक समितिको निर्णयअनुसार १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ५ गते विशेष साधारण सभा बोलाएको थियो।

तर सभा स्थगित भएसँगै हकप्रद सेयर जारी प्रक्रिया पनि पछि सरेको छ।

गार्डियन माइक्रो लाइफले हालै मात्र आइपीओ बिक्री गरी पूँजी ७५ करोड पुर्याएको हो।

download 14 https://bajarkochirfar.com/insurance-authority-puts-brakes-on-guardians-special-general-meeting | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स