नबिल बैंकमा रहेको भारतीय लगानीकर्ता मुथुट फाइनान्सले आफ्नो स्वामित्व बेचेर नेपालबाट बाहिरिने भएको छ। कम्पनीले आफ्नो नाममा रहेको ०.४४ प्रतिशत (११ लाख ९८ हजार ५३१ कित्ता) संस्थापक सेयर बिक्रीका लागि राखेको हो।
हाल मुथुट फाइनान्स नबिल बैंकको चौथो ठूलो सेयरधनी हो। बैंकका अनुसार, बिक्रीमा राखिएको सेयरमा आवेदन दिने अधिकार बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र हुनेछ। इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो अवधिभित्र आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला गरिनेछ।
मुथुट फाइनान्स भारतीय मुथुट ग्रुप अन्तर्गतको कम्पनी हो जुन सुन धितो राखेर कर्जा प्रवाह गर्ने कारोबारका लागि परिचित छ। यो कम्पनी नेपालमा २०७५ सालमा प्रवेश गरेको हो। त्यसबेला चौधरी समूहको लगानी रहेको साबिक युनाइटेड फाइनान्समा प्रतिकित्ता १९० रुपैयाँका दरले २१ लाख कित्ता सेयर खरिद गर्दै प्रवेश गरेको थियो।
पछिल्लो समय २०७८ असारमा युनाइटेड फाइनान्स नबिल बैंकमा गाभिएपछि मुथुट फाइनान्स स्वतः बैंकको चौथो ठूलो सेयरधनी बनेको थियो। तर, नेपाल प्रवेश गरेको सात वर्षमै कम्पनीले आफ्नो सम्पूर्ण सेयर बिक्री गरी बाहिरिने निर्णय गरेको हो।









![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया