आज पुस २४ गतेबाट आगामी पाँच दिनभित्र विभिन्न वाणिज्य बैंकहरूले आफ्ना वार्षिक साधारण सभा बोलाएका छन। कतिपय बैंकले लाभांश वितरणको प्रस्ताव राखेका छन् भने केही बैंकले लाभांश प्रस्ताव नगरी साधारण सभा गर्ने तयारी गरेका छन्।
आज पुस २४ गते लक्ष्मी सनराइज बैंकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा आफ्नो वार्षिक साधारण सभा गर्दैछ। सभामा बैंकले सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
भोलि, पुस २५ गते एनएमबि बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा आफ्नो साधारण सभा आयोजना गर्दैछ। एनएमबि बैंकले कुनै लाभांश प्रस्ताव गरेको छैन। सभामा वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, र लेखापरीक्षक नियुक्तिको विषयमा छलफल हुनेछ। साथै, एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि ८.२५ प्रतिशत अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ।
पुस २८ गते माछापुच्छ्रे बैंकले पोखराको होटल पोखरा ग्राण्डमा आफ्नो वार्षिक साधारण सभा गर्नेछ। यो बैंकले पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यसै दिन सिद्धार्थ बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा गर्नेछ। सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्नेछ।
पुस २९ गते चार बैंकहरूले एकै दिन साधारण सभा गर्दैछन। हिमालयन बैंकले नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सभा आयोजना गर्नेछ। यो बैंकले पनि लाभांश प्रस्ताव गरेको छैन। कृषि विकास बैंकले केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। कृषि विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गर्नेछ।
यसैगरी, प्रभु बैंकले पुस २९ गतेनै बबरमहलस्थित आफ्नो केन्द्रीय कार्यालयमा साधारण सभा आयोजना गर्नेछ। यो बैंकले पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। सोही दिन राष्ट्रिय वाणिज्य बैंकको समेत साधारण सभा बस्दैछ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)




![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया