ब्रोकरसँगको भेटमा नेप्सेका सीईओले भने – समस्या थाहा छ, सुधार गर्नेछु

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २४ गते
ब्रोकरसँगको भेटमा नेप्सेका सीईओले भने – समस्या थाहा छ, सुधार गर्नेछु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईंलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ। शुक्रबार एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई शुभकामना दिएको हो।

एसोसिएशनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई टीएमएस मोबाईल एपको सुविधा जोड्न र यसबाट लगानीकर्हतारूको सेयर किनबेच प्रक्रिया सरल र सहज बनाउने आग्रह गरेका छन्।

उनले भने, “वर्तमानमा पुँजी बजारमा ६५ लाख लगानीकर्ता छन्, बर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएका छन् ।  तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनु पर्छ।” उनले मोबाइल एपको शीघ्र कार्यान्वयन गरेर लगानीकर्ताको हितमा सुधार ल्याउन आह्वान गरे।

नवनियुक्त सीईओ चापागाईंले निजी क्षेत्रबाट नेप्सेमा आएका कारण उनीहरूको समस्याबारे राम्रोसँग अवगत रहेको र सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे 

यस भेटमा एसबानका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स