तीन वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

Advertisement Ads
तीन वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?
Advertisement Ads

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालोसूचीमा परेका छन्। कार्यालयले विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा सूचना जारी गर्दै ती कम्पनीहरूलाई निश्चित अवधि सम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञश्वरी निर्माण सेवा र यसका प्रमुख बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।

काठमाडौं महानगरपालिका–१४ मा दर्ता रहेको एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र यसका प्रमुख अनिल ढुंगाना तथा खेमराज आचार्यलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, सल्यानको लेखपोखरा–६ मा रहेको तुलसी निर्माण सेवा र यसको प्रमुख पूर्णबहादुर भण्डारीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।

यी कम्पनीहरूलाई निर्माण तथा आपूर्तिको ठेक्का लिएर समयमै कार्य सम्पन्न नगरेको वा सम्झौताविपरीत काम नगरेको भन्दै सम्बन्धित निकायले सिफारिस गरेका थिए।

Advertisement Ads

सार्वजनिक खरिद ऐनअनुसार, सिफारिस प्राप्त भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले आवश्यक छानबिन गरी सम्बन्धित व्यवसायीलाई कालोसूचीमा राख्ने गर्दछ। कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधि पूरा नहुँदासम्म सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रिया वा ठेक्कामा भाग लिन पाउँदैनन्।

kalosuchi 1747876380 https://bajarkochirfar.com/if-three-construction-companies-are-blacklisted-for-how-long-will-they-be-prohibited-from-doing-what | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स