१० वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

१० वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउने छैनन् ?

सरकारले तोकिएको समयमा काम सम्पन्न नगर्ने १० कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा समावेश गरेको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीलाई १ वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निर्माण वा आपूर्ति कार्यमा संलग्न हुन रोक लगाइएको छ।

कालोसूचीमा परेका कम्पनीहरूमा पूर्णागिरी निर्माण सेवा, यू एन्ड आई/हिमचुली जेभी, भूमि हिमालयन जेभी, दुर्गा निर्माण सेवा, मनकामना कन्स्ट्रक्सन, राजेश निर्माण सेवा, आरटी निर्माण सेवा, दिपज्योति निर्माण सेवा, एनवाईएसए कन्स्ट्रक्सन एन्ड सप्लायर्स र एम/एस सहयोगी कन्ट्रक्टर्स एन्ड ट्रेडिङ रहेका छन्।

यीमध्ये पूर्णागिरी निर्माण सेवामाथि डेढ वर्षको प्रतिबन्ध लगाइएको छ भने बाँकी ९ कम्पनीलाई १ वर्षका लागि सार्वजनिक काममा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

notice https://bajarkochirfar.com/if-10-construction-companies-are-blacklisted-what-will-they-not-be-allowed-to-do-for-how-long | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स