आइसीएफसी फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।