साहस ऊर्जाको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
साहस ऊर्जाको लाभांश घोषणा, बोनस र नगद कति ?

साहस ऊर्जा लिमिटेडको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।

बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर तिर्न बाँकी) वितरण गर्ने निर्णय गरेको हो।

यसैगरी, गत वर्ष कात्तिक ४ गते बसेको साधारणसभाले जारी गरेको १ बराबर १ अनुपातको हकप्रद सेयर योजना संशोधन गर्दै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ बराबर १ अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरिएको छ।

SAHAS https://bajarkochirfar.com/how-much-is-sahas-energys-dividend-announcement-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स