SHAREHUBSHAREHUB

अझै कहिलेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पाल्पा सिमेन्टको आईपीओ भर्न सक्ने ?

AdvertisementAds
अझै कहिलेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पाल्पा सिमेन्टको आईपीओ भर्न सक्ने ?
AdvertisementAds

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने बुधबार (पुस ३० गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्काशन गरेको हो।

आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणाली “मेरो सेयर” बाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स