पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि बिक्री खुला गरेको ५०% हकप्रद सेयर भर्ने साउन २६ अन्तिम दिन रहेको छ। यसअघि तोकिएको अवधि भित्र आवेदन नपरेकाले कम्पनीले हकप्रद सेयर भर्ने म्याद थप गरेको हो।
कम्पनीले हालको ६३ करोड २६ लाख चुक्ता पुँजीको १:०.५ अनुपातमा (१० कित्तामा ५ कित्ता) अर्थात् कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो।हकप्रद सेयरका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो। जस अनुसार, असार १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।



















प्रतिकृया