प्रधानमन्त्रीसँग छलफलपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १४ गते
प्रधानमन्त्रीसँग छलफलपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाँदै
AdvertisementAds

सुनसरीमा पछिल्ला दिनदेखि उत्पन्न तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा वस्तुस्थितिबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग छलफल गरेपछि उनी त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीसँग भेटवार्ता सम्पन्न गरेर गृहमन्त्री गुरुङ केहीबेरअघि कार्यालयबाट बाहिरिएका थिए।

सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि तनाव अन्य जिल्लामा समेत फैलिन थालेसँगै सरकारले उच्चस्तरीय रूपमा परिस्थितिको अनुगमन तथा आवश्यक समन्वयलाई तीव्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स