टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेको छ। यो स्मार्टफोन ५० मेगापिक्सेल सेल्फी क्यामरा र ५० मेगापिक्सेल डुअल रियर क्यामरा सहित उपलब्ध छ, जसमा अत्याधुनिक एआई फिचरहरूको समावेश गरिएको छ। कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई एक अनौठो स्मार्टफोन अनुभव प्रदान गर्नेछ।
एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनको डिजाइन स्टाइलिस्टिक र मर्मत गर्न सजिलो बनाइएका सुविधाहरूलाई प्राथमिकता दिइएको छ। यसमा स्लो मोशन मोड, एआई सुपर पोट्र्रेट मोड र फ्ल्याश शट जस्ता विशेषताहरू छन्, जसले पोर्ट्रेट फोटोग्राफी र एक्शन शटहरूलाई अझ आकर्षक बनाउँछ। यसको ट्राइपड मोडले लामो एक्सपोजरका लागि राम्रो फोटोग्राफी अनुभव दिन्छ।
यस स्मार्टफोनमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले, ५००० एमएएच ब्याट्री, र ३३ वाटको फास्ट चार्जिङ क्षमता पनि छ। १२८ जीबी स्टोरेज र १२ जीबी र्याम (६ जीबी फिक्स्ड र ६ जीबी भर्चुअल) सहित पर्याप्त मेमोरी प्रदान गरिएको छ। युनिसोक टी ७६० फाइभजी प्रोसेसरले ५१००००ं अन्टुटु स्कोर प्राप्त गरेको छ, जसले यसको कार्यक्षमता प्रमाणित गरेको छ।
यस स्मार्टफोनमा रिपेयरेबिलिटी १.० विशेषता रहेको छ, जसका कारण प्रयोगकर्ताले ब्याट्री, डिस्प्ले, चार्जिङ पोर्ट जस्ता भागहरू आफैँ मर्मत गर्न सक्नेछन्। एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन मिडनाइट ब्लू रंगमा उपलब्ध हुनेछ र यसको मूल्य १८,९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन नेपालका विभिन्न मोबाइल पसलहरूमा बिक्रीको लागि उपलब्ध हुनेछ।
टेलिटक प्रालिका उपाध्यक्ष रवि कुँवरले यो स्मार्टफोन सार्वजनिक गर्दै भने, “एचएमडी क्रेष्टको अनावरणसँगै हामी सिर्जनशीलता, दिगोपन र यूजर एक्सपेरियन्सलाई प्राथमिकता दिने मोबाइल प्रविधिको नयाँ युगतर्फ अग्रसर भएका छौं। यो स्मार्टफोन डिजाइन, प्रविधि र दिगोपनासँग मेल खाने स्मार्टफोन हो जसले आजको जेन-जि पुस्ताका आवश्यकताहरूलाई पूरा गर्नेछ।”




















प्रतिकृया