लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि बस्दै

लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा भोलि बस्दै

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा भोलि बिहान साढे १० बजे नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने भएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा बोलाउने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने व्यवस्था पनि सभा अघि बढाइनेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आर्थिक वर्षको खर्च अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

लाभांश वितरण र सभाको लागि कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गरिसकेको छ, जसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा दर्ता भएका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स