हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजीको ८ प्रतिशत बराबरको नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।