हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ७३ करोड ९२ लाख रुपैयाँ रहेको थियो।
खुद बिक्री आम्दानी ११ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन आम्दानी भने घटेर ५ करोड ४० लाखबाट ४ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ।
यस्तै, कम्पनीको सञ्चालन मुनाफा ९८ करोड ६७ लाखबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
नाफा वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ। कम्पनिको प्रतिसेयर आम्दानी २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको पीई रेसियो ३७.९५ गुणा, प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ रहेको छ।




















प्रतिकृया