हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) खातामा पठाइसकेको छ। माघ १३ गतेदेखि बैंक खाता अपडेट गरिएका सेयरधनीको खातामा नगद लाभांश जम्मा गरिएको हो।
कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।
कम्पनीको पुस २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस सेयर भने नेप्सेमा सुचिकृत भएपछि हितग्राही खातामा पठाइनेछ।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया