हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेर ९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।नाफामा आएको गिरावटको मुख्य कारण बिक्री आम्दानी घट्नु तथा सञ्चालन खर्चमा वृद्धि हुनु हो।
पहिलो त्रैमाससम्ममा कम्पनीको खुद बिक्री आम्दानी २७.६३ प्रतिशतले घटेर १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँ थियो। अघिल्लो आवमा २६ करोड ४६ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा घटेर १२ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिमा कम्पनीको कर्मचारी सुविधा खर्च ६ करोड ८ लाखबाट बढेर ८ करोड ९ लाख, प्रशासनिक तथा अन्य खर्च २ करोड १८ लाखबाट बढेर ३ करोड २३ लाख, बिक्री तथा वितरण खर्च ७ करोड ४ लाखबाट बढेर १२ करोड १९ लाख, र वित्त खर्च ३ लाख २६ हजारबाट बढेर ५ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७५ करोड रुपैयाँ र कुल चालु दायित्व ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी घटेर ११.७५ रुपैयाँमा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १३८.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १११.५२ गुणा र तरलता अनुपात ५.८३ प्रतिशत रहेको छ।
















प्रतिकृया