हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार, साउन १३ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार आवश्यक प्रि-अलोटमेन्ट प्रक्रिया आज सम्पन्न भएसँगै साउन १३ गते बाँडफाँड गर्न लागिएको हो। हालको प्रावधान अनुसार प्रि-अलोटमेन्ट र बाँडफाँडबीच कम्तीमा २ दिनको अन्तर हुनुपर्ने हुँदा साउन १३ गते एफपीओ बाँडफाँड गरिने तयारी गरिएको छ।
बैंकले निष्काशन गरेको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओका लागि करिब १७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका थिए। मागभन्दा झण्डै ४ गुणा बढी आवेदन परेपछि सेयर बाँडफाँड गोलाप्रथाबाट गरिनेछ। गोलाप्रथामा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र सेयर प्राप्त गर्नेछन्। तीमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गर्ने छन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया