हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आज (साउन १३ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार आज बिहान ९ बजे एफपीओ बाँडफाँड प्रक्रिया सुरु हुने छ । बैंकको एफपीओमा १७ लाख ८८ हजार ९६५ जनाले आवेदन दिएका थिए । कुल ४ करोड ९ लाख ९८ हजार ६४० कित्ता सेयरका लागि आवेदन परेको थियो भने कम्पनीले कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर मात्र निष्काशन गरेको थियो ।
आवेदन परेको सेयर संख्या निष्काशन गरिएको भन्दा करिब ४.४३ गुणा बढी भएकाले करिब ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुने अनुमान गरिएको छ । धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले बाँडफाँड हुने भएकाले कुल ९ लाख २५ हजार ४६ जनाले सेयर पाउनेछन् । तीमध्ये ९ जनाले ११ कित्ताका दरले सेयर पाउनेछन् भने बाँकीले १० कित्ताका दरले पाउनेछन् ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया