१ अर्ब ४५ करोड बराबरको एफपीओ निष्काशन गर्दै हिमालयन बैंक, सेबोनबाट पायो अनुमति

१ अर्ब ४५ करोड बराबरको एफपीओ निष्काशन गर्दै हिमालयन बैंक, सेबोनबाट पायो अनुमति
Advertisement Ads

हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। सेबोनले असार २२ गते बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर १५७ रुपैयाँमा एफपीओ निष्काशन गर्न लागेको हो। यस एफपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ८०० रुपैयाँ रहेको छ। दोस्रो बजारमा सूचीकृत यो बैंकको सेयर मूल्य आइतबारको अन्तिम कारोबार अनुसार प्रति कित्ता २२२ रुपैयाँ ४ पैसा रहेको छ।

Screenshot 2025 07 07 064736 https://bajarkochirfar.com/himalayan-bank-issues-fpo-worth-rs-1-45-billion-gets-approval-from-sebon | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स