बिर्तामोडमा हिरो एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० मोटरसाइकलहरू सार्वजनिक, मूल्य कति पर्छ?



Advertisement
Ads

सीजी मोटर्सले बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता पीटूआर अटो जोनमा भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ एक्स्ट्रिम सिरिज अन्तर्गत एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर मोटरसाइकलहरूको क्षेत्रीय लञ्च सम्पन्न गरेको छ।


Advertisement

कार्यक्रममा बिर्तामोडका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो भने गायक निशान भट्टराई र अन्य कलाकारहरूको रोमाञ्चक प्रस्तुति प्रमुख आकर्षण बनेको थियो।


Advertisement

हीरो मोटोकर्पले नेपालमा आधुनिक राइडरहरूको मागलाई मध्यनजर गर्दै शक्तिशाली, आकर्षक र प्रदर्शनमा उत्कृष्ट मोटरसाइकलहरू उपलब्ध गराउँदै आएको छ।

एक्स्ट्रिम १६० फोरभी आर र एक्स्ट्रिम १२५ आरले ब्रान्डको पहिचानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। एक्स्ट्रिम १६० फोरभी प्रोको मूल्य रु. ३,८४,९०० तोकिएको छ भने एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० छ।

यी मोटरसाइकलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा अत्याधुनिक टेक्नोलोजीको प्रयोग गरी असेंबल गरिएको हो। एक्स्ट्रिम १६० फोरभी आरले १६३ सीसी ४-भल्भ बीएस–भीआई इन्जिनसहित १६.९ पीएस पावर र १४.६ एनएम टर्क उत्पादन गर्दछ। यो ०–६० किमि प्रतिघण्टा गतिमा ४.४१ सेकेन्डमा पुग्न सक्छ। त्यसैगरी, एक्स्ट्रिम १२५ आरले १२५ सीसी इन्जिनबाट ११.४ बीएचपी पावर प्रदान गर्दै ०–६० किमि प्रतिघण्टा गतिमा ५.९ सेकेन्डमा पुग्न सक्छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर